नेप्से परिसूचक १५.४९ अंकले बढ्यो, ५ अर्बको कारोबार



काठमाडौंं । बिहीबार नेप्से परिसूचक १५.४९ अंकले बढेर २१२७.४७ अंकमा पुगेको छ ।

यो दिनको कारोबारमा १ करोड १९ लाख ५५ हजार ७६ कित्ता सेयर ४ अर्ब ९७ करोड ६४ लाख ३३ हजार १०५ रुपैयाँमा कारोबार भएको छ ।

यो दिनको कारोबारमा उपसमूहतर्फ निर्जीवन बीमा, म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङबाहेक उपसमूहमा हरियाली छाएको छ ।

जसमा लगानी उपसमूहमा २.९५ प्रतिशत, होटल एण्ड टुरिजममा २.३३ र विकास बैंकमा २.२४ प्रतिशतले वृद्धि भएको छ ।
साथै, विन्दबासिनी जलविद्युत् विकास कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा अरुण काबेली पावर, शिवम् सिमेन्ट र माथिल्लो तामाकोसी लगायतका कम्पनी शीर्ष स्थानमा छन् ।


क्लिकमान्डु