मन्दाकिनी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं । मन्दाकिनी हाइड्रोपावर कम्पनीको साधारण सेयर आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्रै आईपीओेमा आवेदन दिन सकिनेछ ।

कम्पनीले साउन ९ गतेबाट ११ करोड ७६ लाख ७ हजार ३०० रुपैयाँको आर्इपीओ निष्कासन गरेकोमा ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोष, २३ हजार ५२१ कित्ता कम्पनीका कर्मचारी र बाँकी रहेको १० लाख ९३ हजार ७४९ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था गरेको छ ।

आईपीओमा न्यूनतम १० देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धकमा बीओके क्यापिटल रहेको छ ।


क्लिकमान्डु