ओम मेगाश्रीले आइपीओ ल्याउने, फर्मास्यूटिकल्समा पहिलो कम्पनी



काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले साधारण सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ । त्यसका लागि सेयर निष्काशन तथा बिक्री प्रबन्धमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ ।

प्रभु क्यापिटल र ओम मेगाश्री फर्मास्यूटिकल्सबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडको औषधी उत्पादन गर्ने उद्योग भरतपुर २९, चितवनमा रहेको छ । कम्पीले औषधी व्यवस्था विभागमा ५६ प्रकारका औषधी उत्पादनको लागि प्रकृया शुरु गरेकोमा हाल ३१ प्रकारका विभिन्न औषधीहरु उत्पादन गर्नको लागि अनुमती प्राप्त गरेको छ । बाँकी उत्पादन स्वीकृतिको प्रकृयामा रहेको छ ।

फर्मास्यूटिकल्स क्षेत्रमा पहिलो भई सर्वसाधारणमा शेयर जारी गर्ने निर्णय कम्पनीले गरेकोले अब अन्य फर्मास्यूटिकल्सलाई समेत बाटो खुलेको कुरा कम्पनीका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले बताए ।

सम्झौतामा ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडको तर्फबाट अध्यक्ष अर्जुन कुमार श्रेष्ठ तथा प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।


क्लिकमान्डु