सेयर बजारमा दोहोरो अंकको सुधार



काठमाडौं । बुधबार सेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ । बजार मापन गर्ने सूचक २३.८३ अंकले बढेर परिसूचक १२११.९९ बिन्दुमा रोकिएको छ ।

यो दिन २२७ कम्पनीको ७५ लाख ८ हजार ८ हजार १८८ कित्ता सेयर ३ अर्ब १६ करोड १४ लाख ५५ हजार १४१ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा सबै समूहको उपसूचकमा सुधार देखिएको छ । बैंकिङ समूहको ०.९२, विकास बैंक ५६, वित्त कम्पनी ७५.७४, जलविद्युत ७२.३२ जीवन बीमा ३४.७९, उत्पादन तथा प्रशोधन १९.६, माइक्रोफाइनान्स १०७.७३, निर्जीबन बीमा समूहको उपसूचक ४३.८० अंकले बढेको छ । यो दिन ५ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।


क्लिकमान्डु