दुई दिन बढेको बजारमा गिरावट, कारोबार रकम घट्यो



काठमाडौं । मौद्रिक नीति आएको दुई दिन लगातार बढेको सेयर बजार तेस्रो कारोबार दिनमा भने दोहोरो अंकले घटेको छ ।

बजार मापन गर्ने सूचक ४४.८० अंकले घटेर परिसूचक २०८८.१६ बिन्दुमा रोकिएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ८.९९ अंकले घटेर ३९८.३९ बिन्दुमा रोकिएको छ ।

यो दिन बजारमा आएको गिरावटसँगै सोमबारको तुलनामा मंगलबार कारोबार रकम पनि घटेको छ । २२२ कम्पनीको ८७ लाख ४० हजार ५५१ कित्ता सेयर ३ अर्ब ७० करोड ४९ लाख ९८ हजार ३९८ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा सबै समूहको उपसूचकमा गिरावट आएको छ ।

बैंकिङ समूहको २५.२८, विकास बैंक ११४.४१, जलविद्युत ४८.३१, वित्त कम्पनी ५२.३४, निर्जीबन बीमा १०३.५१, उत्पादन तथा प्रशोधन ९४.१६, माइक्रोफाइनान्स ११०.४९, जीवन बीमा समूहको उपसूचक १३३.७१ बिन्दुमा रोकिएको छ ।

कारोबार रकमको आधारमा शिवम् सिमेन्ट अग्रस्थानमा रहेको छ । कम्पीको १९ करोड ३६ लाख ६७ हजार २६० रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा अरुण काबेली पावर र अरुण भ्याली हाईड्रोपावर कम्पनी रहेको छ ।


क्लिकमान्डु