ज्योति लाइफका बीमितले ७५ रूपैयाँसम्म बोनस दर पाउने



काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेको छ ।

इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्याङ्कन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन बीमा समितिबाट स्वीकृत भएपश्चात बीमितलाई दिने बोनस दर सार्वजनिक गरेको हो ।

उक्त प्रतिवेदन समितिले साउन ६ गते स्वीकृत गरेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार बीमितले न्यूनतम २० रूपैयाँदेखि अधिकतम ७५ रूपैयाँसम्म बोनस दर पाउने भएका छन् ।
२०७८ असार मसान्तसम्ममा जारी भएका मुनाफामा सरिक हुने बीमालेखहरूमा उक्त बोनस दर लागू हुने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले कायम गरेको अधिकतम बोनस दरको लाभ लिनेको संख्या ३५६ मात्रै छ । इन्स्योरेन्सले सावधिक बीमा योजनामा २५ वा सो भन्दा माथिका बीमा अवधिका लागि अधिकतम ७५ रूपैयाँ बोनस दर कायम गरेको छ । जसको लाभ २२० वटा बीमालेखले पाउनेछन् ।

यस्तै, सावधिक तथा आजीवन बीमा योजनामा कम्पनीले २५ र सोभन्दा माथिका बीमा अवधिका लागि ७५ रूपैयाँ बोनस दर कायम गरेको छ । जसको लाभ १३६ वटा बीमालेखले पाउनेछन् ।

कम्पनीले सावधिक जीवन बीमालेख अन्तर्गत बीमा अवधि अनुसार प्रति हजार न्यूनतम ४३ रुपैयाँदेखि अधिकतम ७५ रूपैयाँ बोनस दर कायम गरेको छ ।

यस बीमा योजनामा २५ वा सो भन्दा माथि बीमा अवधिका लागि ७५ रूपैयाँ बोनस दर कायम गरिएको कम्पनीले जानकारी दिएको छ ।

९ वर्षे बीमा अवधिमा ४३ रूपैयाँ, १० देखि १४ वर्षे बीमा अवधिमा ४५ रूपैयाँ र १५ देखि २४ वर्षे बीमा अवधिमा ५५ रूपैयाँ बोनस दर कायम भएको छ ।

सावधिक तथा आजीवन बीमालेखअन्र्तगत ९ वर्षे बीमा अवधिका लागि ४३ रूपैयाँ र १० देखि १४ वर्षसम्म ४५ रूपैयाँ बोनस दर निर्धारण गरिएको छ अग्रिम भुक्तानी बीमा योजनामा बीमितिले १० देखि १४ वर्ष अवधिमा ४३ रूपैयाँ, १५ देखि १९ वर्षे अवधिमा ४५ रूपैयाँ र २० देखि २४ वर्षे बीमा अवधिमा ५० रूपैयाँ बोनस दर पाउने छन् ।

यस्तै, ज्योति ईजी पे जीवन बीमा योजना अन्र्तगत कम्पनीले न्ूनतम २० रूपैयाँदेखि अधिकतम ३० रूपैयाँ बोनस दर कायम गरेको छ ।

यस बीमा योजनामा १० देखि १४ वर्षे बीमा अवधिका लागि इन्स्योरेन्सले २० रूपैयाँ, १५ देखि १९ वर्षे बीमा अवधिका लागि २५ रूपैयाँ र २० देखि २४ वर्षसम्म ३० रूपैयाँ बोनस दर निर्धारण गरेको छ ।

उल्लेखित बोनस दर कम्पनीले भुक्तानी गने बीमालेख अनुसारको दाबीहरूमा तथा चालु बीमालेखहरूमा समेत लागू हुने कम्पनीले जनाएको छ ।

साथै, कम्पनीका अनुसार आगामी बीमाङ्कीय मूल्याङकन बीमा समितिबाट स्वीकृत नभएसम्म भुक्तानी गर्ने सम्पूर्ण दाबीहरुमा यही बोनस दर कायम हुनेछ ।


क्लिकमान्डु