निम्बसले ६ महिनामा गर्यो ४ अर्बको व्यापार, खाद्यान्नको हिस्सा ५० प्रतिशत



काठमाडौं । विभिन्न देशबाट खाद्यान्न तथा दलहन आयात गरी बिक्री वितरण गर्दै आएको निम्बस इन्टरनेशनलले ६ महिनामा ४ अर्बको व्यापार गरेको छ ।

कम्पनीले सन् २०२२ को ६ महिनाको अवधिमा ४ अर्ब १५ करोड ९० लाख रुपैयाँको व्यापार गरेको हो ।

कम्पनीले सन् २०२१ मा ७ अर्ब २२ करोड ३० लाख रुपैयाँ कारोबार गरेको थियो ।

त्यस्तै, कम्पनीले सन् २०२० मा ५ अर्ब ९१ करोड ४० लाख रुपैयाँ, सन् २०१९ मा ४ अर्ब ४८ करोड ६० लाख रुपैयाँ र सन् २०१८ मा ३ अर्ब ६८ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनी सन् २०२२ मा गरेको ४ अर्बको व्यापारमध्ये खाद्यान्नको ५० प्रतिशत, जीवजन्तुको दानाबाट ४६ प्रतिशत र एग्री–इन्पुट्सको ४ प्रतिशत हिस्सा छ । सन् २०२० मा उक्त वस्तुको व्यापारको हिस्सा ६१ प्रतिशत, ३६ प्रतिशत र ३ प्रतिशत थियो ।

कम्पनीको व्यापार सन् २०२२ को ६ महिनाको अवधिमा १५ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले विभिन्न देशबाट कच्चा पदार्थ आयात गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ ।

निम्बस ग्रुप अन्तर्गतकै प्राबायोटेक प्रालिले सन् २०२१ मात्रै ११ अर्बको व्यापार गरेको थियो । त्यस्तै, निम्बस ग्रपअन्तर्गतकै निम्बस इन्टरनेशनलको सन् २०२१ मा २५ प्रतिशतले व्यापार बढेको कम्पनीले जनाएको छ ।

आनन्द अग्रवाल र जगदीश अग्रवालको बराबर शेयर रहेको यस कम्पनीको निर्देशक आनन्द अग्रवाल हुन् ।

रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीलाई अल्पकालीन कर्जाका लागि २ अर्ब १० करोड ५० लाख रुपैयाँम अर्थात् एफोर रेटिङ दिएको छ ।


क्लिकमान्डु