आन्तरिक उत्पादन बढाउने नीति लिन सरकार तयार छः उद्योगमन्त्री बडू



काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति दिलेन्द्रप्रसाद बडूले आयात र निर्यातको असन्तुलनलाई हेर्दै सरकारले नीति तथा कार्यक्रम बनाएको बताएका छन् ।

नेपाल उद्योग परिसंघको १९औं साधारण सभाको उद्घाटन समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति बडूले राष्ट्रिय उत्पादन र निर्यात बढाउने री सरकारले नीति लिएको दाबी गरे ।

‘राष्ट्रिय उत्पादन बढाउन नीजी क्षेत्रलाई थप जिम्मेवार बनाउन जरुरी छ,’ बडूले भने, ‘सरकार र निजी क्षेत्रको सहकार्यमा उद्योग स्थापना गर्ने सम्भावनाका विषयमा समेत छलफल गर्न सरकार तयार छ ।’

उत्पादनमूलक उद्योगलाई संरक्षण गर्ने गरी बजेटमार्फत् निर्यात गर्ने उद्योगलाई ८ प्रतिशत नगद अनुदान दिने र विद्युतमा छुट दिने नीति लिएको बडूले बताए ।


क्लिकमान्डु