बीमितले पाउने बोनस दर वृद्धि गर्न नेपाल लाइफका अभिकर्ताको माग



all logos final

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ बीमक संघ नेपाल, नेपाल लाइफ इन्स्योरेन्सले बीमितले पाउने बोनस दर वृद्धि गर्न माग गरेको छ ।

नेपाल लाइफ इन्स्योरेन्समा कार्यरत अभिकर्ताहरूले कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) समक्ष बीमित र अभिकर्तासँग सम्बन्धित विभिन्न ११ बुँदे माग राखेका हुन् ।

कम्पनी शुरू भएको समयमा प्रतिहजार ६५ रूपैयाँ बोनस दर कायम गरिएको र क्रमश वृद्धि गरिँदै लगिने बताए पनि घटेको उल्लेख गर्दै आगामी दिनमा ६५ रूपैयाँ वा सोभन्दा बढी कायम गर्नुपर्ने माग संघले राखेको छ ।

जनताले मन पराएका र समय अनुकुल तथा बजार सुहाँउदो र नेपली बीमा बजार सुहाँउदो र सहजै बिक्री गर्न सकिने आकर्षक नयाँ बीमा योजना ल्याउन संघले आग्रह गरेको छ ।

अभिकर्ताले पाउने कर्जा तथा सवारी साधन कर्जालाई सहज र सरल बनाई तत्तकाल लागू गर्नुपर्ने माग संघले राखेको छ ।

बीमितले पाउने कर्जाको समर्पण मूल्य विगतमा दिई रहेको भन्दा अस्वभाविक रूपले घटिकाले त्यसमा यथाशिघ्र पुनर्विचार गरी बीमितलाई थप राहत प्रदान गरिदिन पनि संघले माग गरेको छ ।

विगतमा काम गरेका तर विषम परिस्थितका कारण नवीकरण हुन नसकेका व्यवसाय संयोजक तथा एजेन्सी म्यानेजरहरूलाई स्वत नवीकरण गर्ने व्यवस्था गर्नुपर्ने, कम्पनीका सबै शाखा तथा उपशाखा कार्यालयमा बीमित तथा अभिकर्ता लगाएत सरोकारवाला सबैले छिटो छरितो सेवा सुविधा प्राप्त गर्ने वातावरण सिर्जना गरिदिन संघले सीईओलाई आग्रह गरेको छ ।

यस्तै, अभिकर्ता तथा बीमितबाट आउने गरेका गुनासो सुन्ने व्यवस्था सरलीकृत तरवरले उपलब्ध गराउन, हाल कम्पनीले व्यवसायका आधारमा अभिकर्ताहरूलाई दिइरहेको म्यादी जीवन बीमालाई दोब्बर गरिदिन समेत संघको माग छ ।

यस्तै, लामो समयसम्म कम्पनीले नियमानुसार अभिकर्ता, व्यवसाय संयोजक, एजेन्सी म्यानेजर, सिनियर एजेन्सी म्यानेजर दिएको सुविधा नबढाएको संघको गुनासो छ । जसका कारण अभिकर्ताहरू अन्य कम्पनीमा पलाएन भएको संघको भनाइ छ ।


क्लिकमान्डु