कर्जाको सुरक्षणमा राखिएको सम्पत्तिको बीमा गराउँदा दाबीले कर्जा रकम खाम्ने गरी गराउनु पर्ने



काठमाडौं । बैंक तथा वित्तीय संस्थाले कर्जाको लागि सुरक्षण राखिएको सम्पत्तिको बीमा गराउँदा दावीले कर्जा रकम खाम्ने गरी गराउनु पर्ने भएको छ ।

चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले उक्त व्यवस्था भएको बताएका हुन् ।

‘बैंक तथा वित्तीय संस्थाले कर्जाका लागि सुरक्षण राखिएको सम्पत्तिको बीमा गराउँदा बीमा दाबीले कर्जा रकम खाम्ने गरी बीमा गराउनु पर्ने व्यवस्था गरिनेछ’ राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिमा उल्लेख छ ।


क्लिकमान्डु