५ करोडभन्दा कम कर्जा लिने उद्यमीलाई राष्ट्र बैंकले दियो सहुलियत



काठमाडौं । नेपाल राष्ट्र बैंकले साना कर्जा लिने उद्यमी तथा व्यवसायीलाई सहुलियत दिएको छ ।

चालु आवका लागि मौद्रिक नीति सार्र्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले बैं तथा वित्तीय संस्थाबाट अधिकतम ५ करोड रुपैयाँसम्म कर्जा उपयोग गरेका उद्यम व्यवसायीहरुलाई सहुलियत दिएको बताए ।

मौद्रिक नीतिमा त्यस्ता उद्यमीहरुले २०७९ असार मसान्तसम्म तिर्नुपर्ने कर्जाको साँवा तथा ब्याज २०७९ असोज मसान्तसम्म भुक्तानी गरेमा पेनाल ब्याज लिन नपाउने व्यवस्था गरिएको छ ।


क्लिकमान्डु