ठूला ऋणीले प्रयोग गरेको कर्जालाई अनुगमन गर्ने राष्ट्र बैंकको घोषणा



काठमाडौं । नेपाल राष्ट्र बैंकले ठूला ऋणीको कर्जाको अनुगमन गर्ने भएको छ ।

चालु आवको मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाबाट ठूला कर्जा उपभोग गर्दै आएका ऋणीहरुको पहिचान गर्न लार्ज एक्स्पोजर फ्रेमवर्क तयार गर्ने घोषणा गरेका छन् ।

साथै, ठूला ऋणीहरुले बैंकिङ्ग प्रणालीबाट उपभोग गरिरहेको कर्जाको अनुगमनलाई थप प्रभावकारी बनाइनेछ । विद्यमान एकल ग्राहक कर्जासम्बन्धी सीमालाई पुनरावलोकन गर्ने घोषणा मौद्रिक नीतिले गरेको छ ।


क्लिकमान्डु