ज्योति लाइफको विशेष साधारण सभा साउन २४ गते



काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले साउन २४ गते विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीको साउन ५ गते बसेको सञ्चालक समितिको बैठकले सभाको मिति तय गरेको हो ।

सभा वाटरफ्रन्ट रिसोर्ट, लेकसाईड, पोखरा, कास्कीमा बिहान ११ बजेदेखि शरू हुने कम्पनीले जानकारी दिएको छ ।

सभाले कम्पनीमा संस्थापक समूह तथा सर्वसाधारण समूहको सेयर स्वामित्व संरचना परिवर्तन गर्ने प्रस्तावलाई अनुमोदन गर्ने छ ।

सभाले कम्पनीको १९% संस्थापक सेयर सर्वसाधारण सेयरमा रूपान्तरण गर्ने प्रस्ताव गर्ने छ । रूपान्तरणपछि अब संस्थापक समूहको हिस्सा ५१% र सर्वसाधारण समूहको ४९% कायम हुनेछ छ ।

यसअघि कम्पनीमा संस्थापक समूहको हिस्सा ७०% र सर्वसाधारण समूहको ३०% कायम रहेको थियो ।

ज्योति लाइफ र सूर्या लाइफ इन्स्योरेन्स एक आपसमा गाभ्ने, गाभिने सम्बन्धमा मर्जर समितिबाट पेश हुन आएको प्रारम्भिकपत्रको मस्यौदा स्वीकृत गर्ने एंव सो सम्झौतापत्रमा हस्ताक्षर गर्न अख्तियारी प्रदान गर्ने तथा सोको आधारमा सैद्धान्तिक स्वीकृतिका लागि बीमा समिति समक्ष निवेदन दिने, सेयर रोक्काको लागि पत्राचार गने संचालक समितिको निर्णय सभाले अनुमोदन गर्ने छ ।

कम्पनीको सम्पत्ति तथा दायित्वको मूल्याङ्कन गर्त परामर्शदाता, मूल्याङ्कनकर्ता तथा लेखापरीक्षकको नियुक्ति गर्ने सम्बन्धमा कम्पनीको सम्पत्ति तथा दायित्वको मूल्याङ्कन कार्य(डिडिए) गर्नका लागि संचालक समितिबाट मूल्याङ्कनकर्ता नियुक्त गर्ने तथा निजको पारिश्रमिक तोक्ने गरि भएको निर्णय पनि सभाले अनुमोदन गर्ने छ ।


क्लिकमान्डु