राष्ट्र बैंकले मौद्रिक नीतिपछि जुममार्फत् पत्रकार सम्मेलन गर्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले आज ४ बजे चालु आवका लागि मौद्रिक नीति सार्वजनिक नीति सार्वजनिक गर्दैछ । मौद्रिक नीति सकिएपछि साँझ ५ बजे पत्रकार सम्मेलन गर्ने भएको छ ।

कोरोना महामारीको समयमा सम्भावित जोखिम कम गर्नका लागि जुमबाट गरिएको पत्रकार सम्मेलन यसपटक पनि जुमबाटै गर्न लागिएको हो ।

कोरोना महामारीको जोखिम कम भइसकेको र आजै पनि हेटौँडामा प्रधामन्त्रीसहितको प्रेस चौतारीको कार्यक्रम भइरहेको अवस्थामा राष्ट्र बैंकले भने पत्रकार सम्मेलन जुममार्फत् गर्न लागेको हो ।

यसलाई धेरैले गभर्नर अधिकारीले पत्रकारका प्रश्नबाट पन्छिन खोजेको अर्थाएका छन् ।

खासगरी एम अधिकारी प्रकरणपछि गभर्नर अधिकारी सार्वजनिक कार्यक्रममा देखिएका छैनन् भने तय भएका कार्यक्रम पनि रद्द गरेका थिए ।

नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्य एम अधिकारीनै गभर्नर महाप्रसाद अधिकारी हो भन्ने दाबीहरु सञ्चारमाध्यमबाट आएपछि गभर्नर अधिकारी सार्वजनिक कार्यक्रममा नदेखिएका हुन् ।


क्लिकमान्डु