अब एक सयभन्दा कम श्रमिक पठाउने म्यानपावरको पनि नवीकरण हुने



काठमाडौं । सरकारले एक आर्थिक वर्षमा १ सय जना श्रमिक विदेशमा पठाउन नसक्ने म्यानवापर कम्पनीको पनि नवीकरण हुने भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रायलले राजपत्रमा सूचना प्रकाशित गर्दै एक आर्थिक वर्षमा १ सय जना नेपालीलाई वैदेशिक रोजगारीमा पठाउन नसकेको इजाजतपत्र प्राप्त संस्थाको नवीकरण गरिदिने भएको हो ।

यसअघि नवीकरण हुनका लागि एक आर्थिक वर्षमा कम्तीमा १०० जना श्रमिक विदेश पठाउनु पर्ने बाध्यता थियो ।

‘वैदेशिक रोजगार एने, २०६४ को दफा १३ को उपदफा (२) को खण्ड (घ२( अनुसार आर्थिक वर्ष २०७७÷७८ र २०७८÷७९ गरी दुई वर्षमा वार्षिक रुपमा न्यूनतम एक सय जना नेपालीलाई वैदेशिक रोजगारीमा पठाउन नसकेका इजाजत प्राप्त संस्थाकोक्ष् इजाजत आर्थिक वर्ष २०७९÷८० को नवीकरण गर्न आएमा नवीकरण गरिदिनेछ,’ राजपत्रमा उल्लेख छ ।

वैदेशिक रोजगार संशोधित ऐन २०७४ मा वार्षिक एक सय जनाभन्दा कम कामदार वैदेशिक रोजगारमा पठाउने म्यानपावर कम्पनी नवीकरण नहुने व्यवस्था गरेको थियो ।


क्लिकमान्डु