जनार्दन शर्मामाथि छानबिन गर्न गठित समितिको म्याद ७ दिन थपिँदै



काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि गठित संसदीय छानबिन विशेष समितिको म्याद ७ दिन थपिने भएको छ ।

निर्धारित समयमा छानबिन नसकिएको भन्दै समितिले ७ दिन म्याद थपका लागि संसदमा प्रस्ताव गरेको छ । आजै संसदले उक्त प्रस्ताव स्वीकृत गरेमा समितिले ७ दिनको थप म्याद पाउने छ ।

यसअघि शर्मामाथि गठित ११ सदस्यीय छानबिन समितिको म्याद १० दिन थियो ।

समितिले हाल विभिन्न व्यक्तिहरुसँग सोधपुछ तथा छलफल गरिरहेको छ ।

समिति सदस्यहरुमा खगराज अधिकारी, देवप्रसाद गुरुङ, मानबहादुर विश्वकर्मा, प्रदीपकुमार ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, लक्ष्मणलाल कर्ण, शक्तिबहादुर बस्नेत, सरला कुमारी यादव, सिताराम महतो, सुरेन्द्रप्रसाद यादव छन् ।


क्लिकमान्डु