जीवन बीमा कम्पनीले १५%ले बढाए व्यवसाय, १ खर्ब ३९ अर्ब बीमाशुल्क संकलन



काठमाडौं । एक वर्षमा जीवन बीमा कम्पनीले १ खर्ब ३९ अर्ब रूपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् ।

सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीहरूले गत आव २०७८/७९ मा १ खर्ब ३९ अर्ब ८ करोड ९८ लाख रूपैयाँ बीमाशुल्क संकलन गरेका हुन् ।

जुन अघिल्लो आवको तुलनामा जीवन बीमा कम्पनीहरूको व्यवसाय १४.९९ प्रतिशतले बढेको हो ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा १९ जीवन बीमा कम्पनीहरूले १ खर्ब २० अर्ब ९५ करोड रूपैयाँ कुल बीमाशुल्क संकलन गरेका थिए ।

गत आवमा नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा बीमाशुल्क संकलन गरेको छ ।

उक्त अवधिमा कम्पनीले ३५ अर्ब ३५ करोड बीमाशुल्क संकलन गरेको छ । जुन जीवन बीमा कम्पनीले संकलन गरेको कुल बीमाशुल्कको २५.४२ प्रतिशत हो ।

अघिल्लो आवमा इन्स्योरेन्सले ३२ अर्ब ८४ करोड रूपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । गत आवको असार मसान्तसम्ममा लाइफ इस्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी) ले १८ अर्ब २२ करोड रूपैयाँ बीमाशुल्क संकलन गरेको छ । नेशनल लाइफ इन्स्योरेन्सले १४ अर्ब १३ करोड रूपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

राष्ट्रिय बीमा संस्थानले ८ अर्ब ४७ करोड, युनियन लाइफले ८ अर्ब ९ करोड, एशियन लाइफले ७ अर्ब १७ करोड, सिटिजन लाइफले ५ अर्ब ४० करोड र मेट लाइफ इस्योरेन्सले ५ अर्ब २३ करोड रूपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

सूर्या लाइफ इन्स्योरेन्सले ४ अर्ब ९९ करोड रूपैयाँ, प्राइम लाइफले ४ अर्ब ८७ करोड रूपैयाँ, रिलायबल नेपाल लाइफ ३ अर्ब ९४ करोड रूपैयाँ, ज्योति लाइफले ३ अर्ब ८० करोड रूपैयाँ, आइएमई लाइफ ३ अर्ब ५३ करोड रूपैयाँ, सन नेपाल लाइफले ३ अर्ब ३६ करोड रूपैयाँ, रिलायन्स लाइफ इन्स्योरेन्सले ३ अर्ब १२ करोड रूपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

गुराँस लाइफले ३ अर्ब ८ करोड रूपैयाँ, प्रभु लाइफले २ अर्ब ३९ करोड रूपैयाँ, सानिमा लाइफले २ अर्ब २९ करोड रूपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

महालक्ष्मी लाइफले भने सबैभन्दा कम बीमाशुल्क संकलन गरेको छ । कम्पनीले गत आवमा १ अर्ब ५९ करोड रूपैयाँ मात्रै बीमाशुल्क संकलन गरेको छ ।


क्लिकमान्डु