आईएमई लाइफ इन्स्योरेन्सले पायो ट्रिपल बी रेटिङ्ग



काठमाडौं । आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनीले ‘केयरएनपी ट्रिपल बी’ रेटिङ्ग पाएको छ ।

रेटिङ्ग एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङ्गले समयमा नै वित्तीय दायित्व पुरा गर्न सक्षम रहेको मध्यम स्तरको सुरक्षित कम्पनी जनाउँछ ।

कम्पनीले आफ्ना लगानीकर्ताहरु तथा सम्पूर्ण हितकारीहरुको सुरक्षाको निम्ती सबै जोखिमहरुलाई न्युनीकरण गर्दै लगेको रेटिङ्गले थप पुष्टि गरेको छ । आगामी दिनम कम्पनीले आफ्ना परिसूचकहरु अझ सशक्त गर्दै लैजाने जनाएको छ ।
कम्पनीले १४० वटा शाखा कार्यालयबाट बिमितहरुलाई सेवा दिँदै आएको छ ।

कम्पनीमा २७ हजार भन्दा धेरै अभिकर्ताहरु आबद्घ रहेका छन् । कम्पनीले नविनतम सेवा उपलब्ध गराउंदै जाने क्रममा कम्पनीको वेवसाइट र मोबाइल एपमा राखिएको च्याटबोट मार्फत बीमित तथा अभिकर्ताहरुका लागि उपयोगी हुंने विविध सेवा तथा सूचनाहरु प्रदान गर्दै आएको जनाएको छ ।


क्लिकमान्डु