नेपाल लाइफको सीईओमा पराजुली, बीमा समितिले दियो स्वीकृति



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदमा नियुक्त भएका प्रविणरमण पराजुलीलाई बीमा समितिले स्वीकृित दिएको छ ।

बीमा समितिले पराजुलीलाई साउन ३ गते मंगलबार नेपाल लाइफ इन्स्योरेन्सको सीईओ पदको लागि स्वीकृति दिएको हो ।

पराजुलीलाई कम्पनीको सीईओ पदमा ४ वर्षको करारमा नियुक्त गर्न समितिले स्वीकृति दिएको हो ।

गत असार ३१ गते बसेको कम्पनीको सञ्चालक समितिले इन्स्योरेन्सको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) लाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको थियो । स्वीकृतिका लागि कम्पनीले बीमा समितिमा पठाइएको थियो ।

समितिले स्वीकृतिदिएसँगै पराजुलीले हिजोदेखि नै कम्पनीको सीईओको कार्यभार सम्हालेका छन् ।

पराजुली गत पुस महिनामा रिलायन्स लाइफ इन्स्योरेन्सबाट बाहिरिएका थिए । उनी रिलायन्स लाइफमा सीईओ थिए ।

रिलायन्सबाट बाहिरिएका पराजुली पुस महिनामा नै नेपाल लाइफमा आवद्ध भएका थिए । नेपाल लाइफले उनलाई वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो ।

पराजुलीले काठमाडौं विश्वविद्यालयबाट फाइनान्समा एमबीए पूरा गरेका छन् । बीमा र वित्त क्षेत्रमा २० वर्षको अनुभव भएका उनले सन् २००२ मा डाबर नेपालबाट करिअर शुरु गरेका थिए ।

उनले सन् २००३ मा एनएमबि बैंकको इन्भेष्टमेन्ट विभागमा रिलेसनसिप अफिसरका रुपमा काम गरेका थिए । उनी नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडमा सीइओका रुपमा सन् २०१० देखि २०१७ सम्म काम गरेका थिए । उनी मर्चेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष समेत रहिसकेका छन् ।


क्लिकमान्डु