सबैभन्दा बलियो पासपोर्ट जापानको, नेपालको पासपोर्ट संसारकै कमजोरको सूचीमा छैटौं स्थानमा



एजेन्सी । विश्वमा नेपालको पासपोर्ट सबैभन्दा कमजोरको सूचीमा छैटौं नम्बरमा छ । अर्थात् नेपालको पासपोर्टप्रतिको विश्वास निकै कम छ ।

लन्डनको हेन्ली कम्पनीले गरेको पासपोर्ट इन्डेक्समा नेपाल अन्तिमबाट ६ स्थानमा छ । अर्थात् नेपालको पासपार्ट बोकेर बिना भिसा अर्थात् अनअराइभल भिसामा जम्मा ३८ देशमा जान पाउँछन् ।

जबकी संसारको सबैभन्दा बलियो पासपोर्ट भएको जापानका नागरिकहरुले १९३ देशम जान सक्छन् । दोस्रो स्थानमा रहेका सिंगापुर र दक्षिण कोरियाका नागरिक १९२ देशमा अनअराइभल भिसामै जान पाउँछन् ।

तेस्रो स्थानमा रहेका जर्मनी र स्पेनका नागरिकले १९० वटा देशमा सहजै भ्रमण गर्न पाउँछन् । चौथो स्थानमा रहेका फिनल्याण्ड, इटली र लक्जेम्बर्गका नागरिकले १८९ देशमा सहजै भ्रमण गर्न पाउनेछन् ।

नेपालपछि कमजोर पासपोर्ट हुने मुलुकमा प्यालेस्टाइनी क्षेत्र, सोमलिया, यमन, पाकिस्तान, सिरिया, इराक र अफगानिस्तान छन् । सबैभन्दा कमजोर पासपोर्ट भएको अफगानिस्तानका नागरिकहरु विना भिसा २७ वटा देशमा जान पाउँछन् ।

दक्षिण एसियाली मुलुकमा भारत ८७ नम्बरमा छ भने भुटान ९३ नम्बरमा, श्रीलंका १०३ नम्बरमा छ । साथै बंगलादेश १०४ नम्बरमा छ भने मालदिभ्स ६३ औं स्थानमा छ ।


क्लिकमान्डु