सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढ्यो



काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ ।

आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ६ सय रुपैयाँ कायम भएकोमा सोमबार ४ सय रुपैयाँले बढेर ९४ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ

त्यसैगरी, आइतबार तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार १ सय रुपैयाँ कायम भएकोमा सोमबार ९३ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

साथै, आइतबार चाँदीको मूल्य प्रतितोला ११ सय ६० रुपैयाँ कायम भएकोमा सोमबार ५ रुपैयाँले बढेर ११ सय ६५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु