पहिलो पटक निर्यात २ खर्ब पुग्यो



काठमाडौं । नेपालको निर्यात मूल्य पहिलोपटक २ खर्ब नजिक पुगेको छ । आर्थिक वर्ष २०७८/७९ मा पहिलोपटक नेपालबाट निर्यात हुने वस्तुको मूल्य २ खर्ब पुगेको हो ।

नेपालले आव २०७८/७९ मा १ खर्ब ९९ अर्ब ४५ करोड २ लाख रुपैयाँको वस्तु निर्यातको गरेको छ ।

आव २०७७/७८ को सोही अवधिमा नेपालले १ खर्ब ४१ अर्ब १२ करोड ४० लाख रुपैयाँको वस्तु निर्यात गरेको थियो । आव २०७७/८८ को तुलनामा आव २०७८/७९ मा ४१.३४ प्रतिशतले बढी हो ।


क्लिकमान्डु