शिखर इन्स्योरेन्सले संकलन गर्यो ५०१ करोड बीमाशुल्क



काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले ५ अर्ब १ करोड रूपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८/०७९ मा उक्त रकम संकलन गरेको हो ।

जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २६.२० प्रतिशतले बढी हो । कम्पनीले अघिल्लो आवमा ३ अर्ब ९७ करोड रूपैयाँ मात्रै बीमाशुल्क संकलन गरेको थियो ।

कम्पनीले २०६१ सालदेखि बीमा कारोबार शुरू गरेको थियो । कारोबार थालनी गरेको वर्षदेखि नै कम्पनीको व्यवसाय बढ्दै गएको तथ्यांकले देखाएको छ ।

कम्पनीले आर्थिक वर्ष २०६१/०६२ मा १३ करोड रूपैयाँ मात्रै बीमाशुल्क संकलन गरेको थियो । आव २०६३/०६४ मा २५, आव २०६४/०६५ मा ३२ करोड रूपैयाँ बीमाशुल्क संकलन गरेको थियो ।

यस्तै, २०६५/०६६ मा ३४ करोड रूपैयाँ, २०६६/०६६ मा ४२ करोड, आव २०६७/०६८ मा ५३ करोड रूपैयाँ बीमाशुल्क संकलन गरेको थियो ।

कम्पनीले आव २०७२/७३ मा १ अर्ब ५ करोड रूपैयाँ बीमाशुल्क संकलन गरेको थियो । २०७३/०७४ मा १ अर्ब ३५ करोड , २०७४/०७५ मा २ अर्ब रूपैयाँ, २०७५/७६ मा ३ अर्ब ३३ करोड र आव २०७६/७७ मा ३ अर्ब ४३ करोड रूपैयाँ बीमाशुल्क संकलन गरेको थियो ।

यस अवधिसम्ममा कम्पनीले ६७ वटा जिल्लामा ११० वटा शाखा सञ्जाल विस्तार गरेको छ । कम्पनीमा ६१९ जना कर्मचारी कार्यरत रहेको कम्पनीले जनाएको छ । कम्पनीले ३ अर्ब रूपैयाँको दाबी भुक्तानी गरेको छ । हालसम्म कम्पनीमा २ करोड ६२ लाख वटा पोलिसी जारी भएका छन् ।


क्लिकमान्डु