कुमारी बैंकको नाफा २ अर्ब ५० करोड, सीडी रेसियो ८६%



काठमाडौं । कुमारी बैंकले गत आर्थिक वर्षमा २ अर्ब ५० करोडको नाफा निकाल्ने अनुमान गरेको छ ।

बैंक स्रोतका अनुसार गत आर्थिक वर्षमा २ अर्ब ५० करोड नाफा हुने अनुमान गरेको छ ।

बैंकको असार मसान्तसम्म १ खर्ब ८१ अर्ब निक्षेप पुगेको छ भने कर्जा १ खर्ब ५९ अर्ब छ ।

कर्जा निक्षेप अनुपात(सीडी रेसियो) ८६ प्रतिशत पुगेको छ । गतवर्ष बैंकले १ अर्ब ९७ करोड रुपैयाँ नाफा गरेको थियो ।


क्लिकमान्डु