माछापुच्छ्रे बैंकको निक्षेप १ खर्ब ४८ अर्ब, सीडी रेसियो ८१ प्रतिशत



काठमाडौं । माचापुच्छ्रे बैंकले गत आर्थिक वर्ष साढे १६ अर्ब रुपैयाँले निक्षेप र कर्जा १६ अर्ब रुपैयाँले बढाएको छ ।

आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्ममा १ खर्ब ४८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २९ अर्ब ५० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

०७८ असार मसान्तसम्ममा बैंकले १ खर्ब ३१ अर्ब ४५ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १३ अर्ब ५७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

०७९ असार मसान्तमा बैंकको कर्जा निक्षेप अनुपा (सीडी रेसियो) ८१ प्रतिशत छ भने तरलता अनुपात (एलडी रेसियो) २६ प्रतिशत कायम भएको छ ।


क्लिकमान्डु