सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घट्यो



काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ ।

शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ८ सय रुपैयाँ कायम भएकोमा आइतबार २ सय रुपैयाँले घटेर ९३ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ३ सय रुपैयाँ कायम भएकोमा आइतबार ९३ हजार १ सय रुपैयाँ कायम भएको छ ।

साथै, शुक्रबार चाँदीको मूल्य प्रतितोला ११ सय ४५ रुपैयाँ कायम भएकोमा आइतबार १५ रुपैयाँले बढेर ११ सय ६० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु