निक्कीले भारतीय दूतावाससँग सहकार्य गरेर अगाडि बढ्ने, कार्यकारी समितिले पायो पूर्णता



काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघका अध्यक्ष सृजना राणाको नेतृत्वमा गएको कार्यसमिति सदस्य टोलीले नेपालका लागी नव–नियुक्त भारतीय राजदूतनवीन श्रीवास्तवज्यूसंग भारतीय राजदूतावास, लैनचौरमा औपचारिक शिष्टाचार भेट गरेको छ ।

भेटघाटको क्रममा संघले गरेका कार्यहरु लगायत आगामी दिनहरुमा गर्ने कार्यहरु तथा नेपाल–भारत ब्यापार तथा लगानीका क्षेत्रमा रहेका बिभिन्न पक्षहरुको वारेमा छलफल भएको छ ।

भेटघाटका अवसरमा संघका अध्यक्ष श्रीमती सृजना राणाले नव–नियुक्त भारतीय राजदूत महामहिम नवीन श्रीवास्तलाई नेपालमा स्वागत गर्दै नेपाल–भारत द्विपक्षीय ब्यापार तथा लगानीको क्षेत्रमा नेपाल–भारत उद्योग वाणिज्य संघले बिगत ३० बर्ष देखि योगदान दिंदै आएको बताइन् ।

अध्यक्ष राणाले नेपाल–भारत उद्योग वाणिज्य संघको हालै सम्पन्न २७औं बार्षिक साधारणसभाबाट नयाँ कार्यसमित चयन भएको जानकारी र कार्यसमिति सदस्यहरुको परिचय सहित संघले गरेका कार्यहरु र दुई देश बीचका व्यापार, पारवहन, लगानी, जलस्रोत, पर्यटन, बैंकिंग लगायतका एजेण्डाहरु सम्वन्धमा छलफल गर्दै संघले आगामी दिनहरुमा गर्ने तय गरिएका साझेदारी सम्मेलन(पार्टनरशीप समिट),इनर्जी समिट लगायतको कार्यक्रमहरु र संघको उक्त प्रयासमा भारतीय राजदूतज्यू लगायत भारतीय राजदूतावासको सक्रृय सहयोगको लागी पनि अनुरोध गरिन् ।

भेटघाटका क्रममा भारतीय राजदूत नवीन श्रीवास्तवले भारत नेपालको बिकासमा साथ दिन अत्यन्त सकारात्मक रहेको जानकारी गराए । संघको साधारणसभाबाट राणा अध्यक्षमा चुनिएकी थिइन्

। संघले कार्यसमितिलाई पूर्णता दिएको छ । संघको उपाध्यक्षमा सुनिल केसी तथा हरिकिरत सिंह बेदी चयन भएका छन् । महासचिवमा रमेश शर्मा तथा कोषा अध्यक्षमा कुनाल कायल चुनिएका छन् ।

कार्यसमिति सदस्यमा अबिनाश बोहारा, अच्युत प्रसाद खरेल, अरुण केसी, बटु लामिछाने, हेमराज ढकाल,करण चौधरी, महेश बहादुर बस्नेत,रबिकुमार रायभरम, राजन शर्मा,सष्ुमा शर्मा, सैवाल घोष तथा महेश जाजु रहेका छन् ।


क्लिकमान्डु