सनराइज बैंकद्वारा अटिजम सम्बन्धी संस्थालाई सहयोग



काठमाडौं । सनराइज बैंकले जडिबुटी नरेफाटमा रहेको अटिजम भएका बालबालिकाका लागि संचालित ‘विशेष स्कुल तथा पुनस्थापना केन्द्र’ १ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ ।

कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आरती राज्यलक्ष्मी राणाले संस्थाका अध्यक्ष सबिता उप्रेतिलाई एक लाख ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेकी हुन् ।

नेपाल लगायत विश्वव्यापी रुपमा अटिजम बढ्दै गइरहेको हालको परिप्रेक्षमा करिब १०० मा १ को अनुपातमा अटिजम रहको अनुमान छ ।


क्लिकमान्डु