सिटिजन्स बैंकका ग्राहकले सत्य ओमकार डेन्टल होममा १५% छुट पाउने



काठमाडौं । सिटिजन्स बैंकका कार्डबाहकले भैरहवाको रुपन्देहीस्थित सत्य ओमकार डेन्टल होममा १५ प्रतिशत छुट पाउने भएको छन् ।

त्यसका लागि बैंक र डेन्टलबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारी पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले सत्य ओमकार डेन्टल होम प्रा.लिका विभिन्न सेवा सुविधाहरुमा १५ प्रतिशतसम्म छुट पाउनेछन् ।

बैंकले हालसम्म कार्ड नभएका आफ्ना ग्राहकहरुलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्था समेत गरेको छ । त्यसैगरि आफ्ना कार्डबाहकहरुको सुविधालाई ध्यानमा राखी नेपाल भित्रका जुनसुकै बंैकको एटिएमबाट पैसा निकाल्दा शुल्क नलाग्ने व्यवस्था पनि बैंकले विभिन्न वचत खातामा गरेको छ ।

बैंकले देशैभरी फैलिएका आफ्ना १७८ वटा शाखा, १३० वटा ए.टि.एम. र ९६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १४ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु