विश्व बैंकले समावेशी पर्यावरण विकासका लागि १२ अर्ब ७६ करोड सहयोग गर्ने



काठमाडौं । विश्व बैंकले समावेशी पर्यावरण विकासका लागि १०० मिलियन डलर अर्थात् १२ अर्ब ७६ करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।

विश्व बैंकका अनुसार तीन वटा समावेशी पर्यावरण विकास कार्यक्रम अन्तर्गतका पहिलो बजेट हो ।

‘कोरोना महामारीपछि पुनरुत्थानको चरणमा रहेको नेपालको अर्थतन्त्रमा हरित, समावेशी विकासमा सहयोग पुर्याउने उद्देश्यले सहयोग गरिएको हो,’ नेपाल, श्रीलंका र मालदिभ्सका लागि विश्व बैंकका निर्देशक फारिस हादाद जेरभोसले भने, ‘यो रकम खानेपानी, जमिन, कृषि, वन, सहरी विकास, जनसंख्या र फोहोर व्यवस्थापनमा खर्च हुनेछ ।’


क्लिकमान्डु