सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घट्यो



काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको छ ।

बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ६ सय रुपैयाँ कायम भएकोमा शुक्रबार ८ सय रुपैयाँले घटेर ९३ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, बिहीबार तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार १ सय रुपैयाँ कायम भएकोमा शुक्रबार ९३ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

साथै, बिहीबार चाँदीको मूल्य ११ सय ८० रुपैयाँ कायम भएकोमा शुक्रबार ३५ रुपैयाँले घटेर ११ सय ४५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु