एमालेले गभर्नरलाई भन्यो- एम अधिकारी भन्ने व्यक्ति तपाईं होइन



काठमाडौं । नेकपा एमालेले पार्टीको आर्थिक योजना विभागका सदस्य रहेका एम अधिकारी नेपाल राष्ट्र बैंकका गभर्नर नभएको जनाएको छ ।

एमालेका पार्टी कार्यालयका सचिव डा. भीष्म अधिकारीले गभर्नर अधिकारीलाई दिएको पत्रमा एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी नभएको उल्लेख गरिएको छ ।

गभर्नर अधिकारीले एम अधिकारीको नाम आर्थिक विभागको सदस्यमा रहेको भन्दै उनको आलोचना भएको छ ।

महाप्रसाद अधिकारीको घर खोटाङ हो । २०७२ सालमा सुरेन्द्र पाण्डे संयोजक हुँदा बनाइएको विभागमा महाप्रसाद अधिकारीको नाम थियो ।

बिहीबार सार्वजनिक भएको पत्रमा महाप्रसाद अधिकारीले २०७२ सालमा नै विभागमा आफू नबसेको उल्लेख गरिएको छ ।

एमालेले आधिकारिक रुपमा पत्र पठाएर गभर्नर अधिकारी विभागको सदस्य नभएको दाबी गरेपनि अहिलेसम्म खोटाङका एम अधिकारीको परिचय दिन सकेको छैन ।

CamScanner 07-13-2022 17.57


क्लिकमान्डु