गभर्नर महाप्रसाद अधिकारीको पेशी न्यायाधीश वमकुमार श्रेष्ठ र नहकुल सुवेदीको इजलासमा
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि बिहीबार सुनुवाइ हुँदैछ ।
यसअघि अन्तरिम आदेश पाएर कार्यालय फर्किएका गभर्नर अधिकारीको रिटमा आजदेखि बहस हुनेछ ।
बिहीबारको पेशी न्यायाधीशद्वय वमकुमार श्रेष्ठ र नहकुल सुवेदीको इजलासमा परेको छ ।
सरकारले असहयोग नगरेको भन्दै गभर्नर अधिकारीलाई निलम्बन गरी जाँचबुझ समिति गठन गरेको थियो । त्यसको विरुद्धमा गभर्नर अधिकारीले सर्वोच्च अदालतले रिट दायर गरेका थिए ।
उक्त रिटमाथि सुनुवाई गर्दै न्यायाधीशद्वय सपनाप्रधान मल्ल र टंकबहादुर मोक्तानको संयुक्त इजलासले त्यसअघि न्यायाधीश हरिप्रसाद फुयाँलले दिएको अल्पकालीन अन्तरिम आदेशलाई नै निरन्तरता दिएको थियो ।
गभर्नरलाई आधारबिना निलम्बन गर्न नमिल्ने भन्दै अन्तरिम आदेश जारी गरिएको थियो ।