नगद असुल गर्नुपर्ने बेरुजु ३३ अर्ब, बाँकी कागज मिलाए हुने



काठमाडौं । महालेखापरीक्षक कार्यालयले आर्थिक वर्ष २०७७÷७८ को बेरुजुमध्ये नगद असुल गर्नुपर्ने बेरुजु ३३ अर्ब ३५ करोड रुपैयाँ रहेको जनाएको छ ।

महालेखापरीक्षक कार्यालयले ५९औं प्रतिवेदन सार्वजनिक गर्दै १ खर्ब १५ अर्ब ५ करोड ५० लाख रुपैयाँ बेरुजु रहेको जनाएको छ । तर, त्यसमध्ये नगद रकम ३३ अर्ब ३५ करोड मात्रै असुल गर्नुपर्ने र बाँकी कागज मिलाए हुने जनाएको छ ।

कार्यालयका अनुसार आव २०७७÷७८ मा १ खर्ब १५ अर्ब ५० करोड रुपैयाँ बेरुजु थपिएको छ ।

संघीय सरकार कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह र अन्य समिति तथा संस्थातर्फ लेखापरीक्षण गर्दै उक्त बेरुजू देखिएको हो ।

यसरी कुल बेरुजु ४ खर्ब ८३ अर्ब ५९ करोड ६४ लाख रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्षको तुलनामा १५।४६ प्रतिशतले बढी हो ।

महालेखा परीक्षक कार्यालयका अनुसार उक्त वर्ष ५ हजार ६६५ निकायको ४३ खर्ब ७७ अर्ब १७ करोड १६ लाख रुपैयाँको लेखापरीक्षण सम्पन्न भएको छ ।

महालेखा परीक्षक कार्यालयका अनुसार कारबाही टुंगो लगाउनुपर्ने बेरुजू ३ खर्ब ४५ अर्ब ५६ करोड ३ लाख रुपैयाँ छ । जुन अघिल्लो वर्षको तुलनामा ३४.१७ प्रतिशतले बढी हो ।


क्लिकमान्डु