५९ प्रतिशत संघीय सरकारी कार्यालयमा देखियो बेरुजु



काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा झन्डै ५९ प्रतिशतभन्दा धेरै संघीय सरकारी कार्यालयमा बेरुजु देखिएको छ ।

महालेखापरीक्षक कार्यलयले सार्वजनिक गरेको ५९औं वार्षिक प्रतिवेदन अनुसार ३ हजार २८७ संघीय सरकारी कार्यालयको लेखापरीक्षण गर्दा १ हजार ३४१ कार्यालयमा मात्रै बेरुजु देखिएको छैन । जुन कुल लेखा परीक्षण गरेमध्ये ४०.७९ प्रतिशत हो ।

त्यस्तै, प्रदेश सरकारी कार्यालयमा अझ बढी बेरुजु देखिएको छ । १ हजार १३१ प्रदेश सरकारी कार्यालयको लेखा परीक्षण गरेकोमा ३४७ कार्यालयको मात्र बेरुजु देखिएको छैन । जुन ३०।६८ प्रतिशत हो । बाँकी झन्डै ६९ प्रतिशतमा बेरुजु देखिएको छ ।

यो वर्ष ५ हजार २१७ संघीय सरकारी कार्यालय, प्रदेश र स्थानीय तहकको (वक्यौता समेत) १ लाख ५५ हजार ८६९ दफा बेरुजु देखिएकोमा ६४ हजार २७ दफा सैद्दान्तिक र ९१ हजार ८४२ दफा लगती बेरुजु कायय भएको प्रतिवेदनमा उल्लेख छ ।


क्लिकमान्डु