एक महिनामै विदेशी मुद्राको सञ्चिति १७ करोड डलरले बढ्यो



काठमाडौं । चालु आर्थिक वर्षको साउनदेखि निरन्तर घटिरहेको विदेशी मुद्राको सञ्चिति जेठ महिनामा बढेको छ ।
चालु आर्थिक वर्षको बैशाखको तुलनामा जेठमा १७ करोड अमेरिकी डलरले विदेशी मुद्राको सञ्चिति बढेको छ ।

०७९ बैशाख मसान्तसम्म ९ अर्ब २८ बरोड अमेरिकी डलर रहेको विदेशी मुद्रा सञ्चिति जेठ मसान्तमा ९ अर्ब ४५ करोड डलर पुगेको नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

आयातमा गरिएको कडाइ, रेमिट्यान्स आप्रवाहमा भएको वृद्धि, बैदेशिक अनुदान र ऋणमा वृद्धि भएपछि विदेशी मुद्राको सञ्चिति बढेको हो ।

विदेशी मुद्राको सञ्चिति बढेसँगै देशको भुक्तानी सन्तुलन (देश भित्रिने र बाहिरिने विदेशी मुद्राको अन्तर) मा पनि सुधार देखिएको छ । बैशाखमा २ खर्ब ८८ अर्ब रुपैयाँले ऋणत्मक रहेको भुक्तानी सन्तुलन जेठमा २ खर्ब ६९ अर्ब रुपैयाँले ऋणात्मक छ ।


क्लिकमान्डु