एनआइसी एशिया बैंकको मुद्दति खातामा १० गुणासम्म निक्षेप फिर्ता पाइने



काठमाडौं । नेपाली सेनाबाट अवकास पाएका कपन, भंगालका पूर्ण बुढाथोकी आफूले अवकास हुँदा पाएको उपदानको रकम कहाँ लगानी गर्ने भनेर अन्योलमा थिए । ‘सेयर बजारमा लगानी गरौं भने बजारको अवस्था निरन्तर खस्केको छ, साथीभाइहरूले अहिले सेयर बजारमा पैसा हाल्न हुँदैन भनिरहेका छन्,’ बुढाथोकीले भने, ‘व्यापारमा हालौं भने केको व्यापारमा हाल्ने ? सबैतिर उस्तै छ ।’

आफ्नो जीवनभरिको कमाइ डुब्ने चिन्तामा रहेका बुढाथोकी एनआइसी एशिया बैंकको नयाँ ‘एनआइसी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ बारे सुनेपछि केही निश्चिन्त भएका छन् ।

‘यो खातामा पैसा राखेको साढे छ वर्षमा दोब्बर हुने रहेछ,’ बुढाथोकीले उत्साहित हुँदै सुनाए, ‘१० वर्षमा त तीन गुणा अर्थात् ५ लाख राखेँ भने १५ लाख पाइने रहेछ ।’

‘एनआइसी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दति योजना’ व्यक्तिगत, संस्थागत एवं रेमिटेन्स ग्राहक लक्षित गरिएको बैंकले जानकारी दिएको छ । बैंकका अनुसार यो योजनामा सामेल हुने व्यक्तिगत ग्राहकले ६ वर्ष ४ महिना २५ दिनमा दोब्बर, १० वर्ष २ महिना १४ दिनमा तीन गुणा,१२ वर्ष ११ महिना २ दिनमा चार गुणा, १५ वर्ष १३ दिनमा पाँच गुणा रकम पाउने छन् ।

यसैगरी, १६ वर्ष ९ महिना ६ दिनमा ६ गुणा, १८ वर्ष २ महिना २४ दिनमा ७ गुणा, १९ वर्ष ६ महिना १ दिनमा ८ गुणा, २० वर्ष ७ महिना १५ दिनम ९ गुणा, २१ वर्ष ७ महिना १७ दिनमा १० गुणा रकम फिर्ता पाउने बैंकले जानकारी दिएको छ ।

‘यो यस्तो विशिष्ट प्रकारको मुद्दती खाता योजना हो, जसमा हामीले सर्वाधिक उच्च ब्याजदर त प्रदान गर्नेछौं नै, तोकिएको अवधी पूरा भएपछि योजना मुताबिक दोब्बरदेखि १० गुणासम्म रकम ग्राहकहरूले प्राप्त गर्नु हुनेछ,’ एनआइसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने भन्छन् ।

बैंकको योजनाबाट विशेषगरी रेमिटेन्स आर्जक र उनीहरूका परिवारले बढी फाइदा पाउनसक्ने देखिएको छ । सामान्य व्यक्तिगत बचत खाता धारकहरूले ६ वर्ष ४ महिनामा दोब्बर रकम पाउँदा रेमिटेन्स खाता हुनेहरूले ५ वर्ष १० महिना १४ दिनमै दोब्बर रकम पाउने बैंकको योजनामा उल्लेख छ । रेमिटेन्स आर्जकहरूले ९ वर्ष ४ महिना १० दिनमा तीन गुणा रकम पाउँदा १९ वर्ष १० महिना २ दिनमा १० गुणा रकम पाउने बैंकले बताएको छ ।

‘यो योजना यस्ता किमिसको निक्षेपकर्ताहरूका लागि हो, जोसँग पैसा छ र दिर्घकालीनरूपमा लगानी गर्न खोजी रहनु भएको छ,’ बैंकका प्रमुख कार्यकारी अधिकृत न्यौपानेले भन्छन्, ‘एनआइसी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दति योजनाले उहाँहरूको जीवनभरिका कमाइको सुरक्षित बचत त ग्यारेन्टी गराउने छ नै, यसले बैंकिङ्ग क्षेत्रकै अतुलनीय प्रतिफलसमेत प्रदान गराउनेछ ।’

बैंकले व्यक्तिगत र रेमिटेन्स आर्जकका लागि मात्र नभइ यो योजना संस्थागत निक्षेपकर्तालाई समेत लक्षित गरेको छ । संस्थागत निक्षेपमा ७ वर्ष २ महिना २७ दिनमा दोब्बर, ११ वर्ष ८ महिना ९ दिनमा तीन गुणा, १४ वर्ष १० महिना २९ दिनमा चार गुणा हुँदै २५ वर्ष ४ महिना २३ दिनमा १० गुणा निक्षेप रकम फिर्ता हुने व्यवस्था गरिएको छ ।

‘साँच्चिकै भन्ने हो भने केही ठूला संस्थागत निक्षेपकर्ताहरूले अहिले न्यून ब्याजदरमा विभिन्न क्षेत्रमा लगानी गर्ने वा निक्षेप राख्ने गर्नु भएको छ । यसले सम्बन्धित संस्थाले उचित प्रतिफल पाउन सकेको देखिँदैन,’ बैंकका प्रमुख कार्यकारी अधिकृत न्यौपानेको भनाइ छ, ‘एन आइसी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दति योजनाले व्यक्तिगतसँगसँगै संस्थागत निक्षेपकर्ताहरूलाई वास्तविक प्रतिफलको प्रत्याभूति गराउँछ ।’

बैंकका अनुसार निक्षेपकर्ताहरुले आफूले निक्षेप गरेको रकम तथा सो अवधिसम्म पाकेकको ब्याज रकमको ८० प्रतिशत बराबर रकम कर्जासमेत लिन सक्ने व्यवस्था रहेको छ । यसअघि बैंकको ५ वर्षसम्म कुल ८४ लाख रुपैयाँसम्मको बीमा सुनिश्चित गर्ने अतुलनिय फाइदाहरुसँगै सर्वाधिक उच्च ब्याजदर, तीन बीमा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, तीन कर्जा सम्बन्धी फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू रहेको ‘सर्वश्रेष्ठ बचत खाता’ योजना सञ्चालनमा ग्राहकहरुको अत्यन्त उत्साहजनक सहभागिता रहिआएको बैंकले बताएको छ ।

हाललाई छोटो अवधिसम्म लागू हुने यो योजनामा निक्षेपकर्ता महानुभावहरुले ५ वर्ष १० महिनादेखि १९ वर्ष १० महिनासम्म मुद्दती खातामा रकम जम्मा गरे अनुुसार डबलदेखि १० गुणासम्म निक्षेप रकम फिर्ता पाउनेछन् । योजनाको विभिन्न अवयवहरुलाई निम्नानुसार तालिकामा देखाइएको छ ।


क्लिकमान्डु