सुनको मूल्य प्रतितोला १६ सय रुपैयाँले घट्यो



काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला १६ सय रुपैयाँले घटेको छ ।

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ६ सय रुपैयाँ कायम भएकोमा बुधबार १६ सय रुपैयाँले घटेर ९६ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, मंगलबार तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार १ सय रुपैयाँ कायम भएकोमा बुधबार ९५ हजार ५ सय रुपैयाँ कायम भएको छ । साथै, मंगलबार चाँदीको मूल्य प्रतितोला १२ सय ५ रुपैयाँ कायम भएकोमा बुधबार ३० रुपैयाँले घटेर ११ सय ७५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु