सेञ्चुरी बैंकका ग्राहकले सिद्धार्थनगर सिटी अस्पतालमा १० प्रतिशत छुट पाउने



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड भैरहवा शाखा र सिद्धार्थनगर सिटी अस्पतालबीच कर्मचारी तथा ग्राहकको उपचार सेवा विषयमा सम्झौता भएको छ ।

सेञ्चुरी बैंक र सिद्धार्थनगर सिटी अस्पताल बीच विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशतसम्मको छुट प्रदान गर्ने गरि सम्झौता भएको हो ।

बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाईल बैंकिङ्ग प्रयोगकर्ता, सम्पूर्ण ग्राहकवर्गहरु तथा बैकका कर्मचारीहरुलाई सिद्धार्थनगर सिटी अस्पतालमा १० प्रतिशतसम्म छुट प्रदान गर्ने गरी सम्झौता भएको हो । ओपिडी टिकट, ल्याव शुल्क, एक्सरे, भिडियो एक्सरे, बेड चार्ज जेनेरल, फिजियो थेरापीमा १० प्रतिशत र बेड÷क्याविन चार्जमा ५ प्रतिशत छुट दिने सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा सिद्धार्थनगर सिटी अस्पतालका तर्फबाट प्रवन्ध निर्देशक अर्जुन पौडेल र बैंकका तर्फबाट भैरहवा शाखा प्रमुख प्रकाश गौतमूले हस्ताक्षर गरे ।

सेञ्चुरी बैंकका १४५ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएममार्फत् वित्तीय सेवा प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु