सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घट्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ ।
बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँ कायम भएकोमा शुक्रबार ३ सय रुपैयाँले घटेर ९७ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, बिहीबार तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ कायम भएकोमा शुक्रबार ९६ हजार ७ सय रुपैयाँ कायम भएको छ । साथै, बिहीबार चाँदीको मूल्य प्रतितोला १२ सय ३५ रुपैयाँ कायम भएकोमा शुक्रबार २५ रुपैयाँले घटेर १२ सय १० रुपैयाँ कायम भएको छ ।