काठमाडौं महानगरभित्र भिख माग्न नपाइने, मागे कारबाही हुने



काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र भिख माग्न नपाइने गरी सूचना प्रकाशित गरेको छ ।

महानगरले भिक्षा माग्न वा बालबालिकालाई गीत गाउने, नाच्ने, खेल्ने वा कुनै काम गर्ने बाहनामा कुनै प्रकारको ज्याला दिइ भिक्षा माग्न वा माग्न दुरुत्साहन नगर्न तथा नगराउन महानगरपालिकाले अनुरोध गरेको छ ।

‘असहाय, बिरामी, बेवारिसे, अशक्त तथा सडक सहयोगापेक्षी मानवको यथोचित तथा मानवीय व्यवलथापन गर्न काठमाडौं महानगरपालिकाले मानव सेवा आश्रमसँग सहकार्य गरी व्यवस्थापन गर्दै आएको छ । मानव सेवा आश्रमको सेवा आवश्यक परेमा महानगरपालिका वा मानव सेवा आश्रममा सम्पर्क गर्न सकिनेछ,’ महानगरले भनेको छ ।

सूचना प्रकाशित भएको १० दिनभित्र सार्वजनिक स्थानमा भिक्षा माग्ने वा माग्न लगाउने कार्य नगर्नु तथा नगराउनुहुन महानगरले अनुरोध गरेको छ । साथै, सूचना उल्लंघन गरेमा सम्बद्ध सरोकारवाला निकायहरुको समन्वय र सहकार्यमा मुलुकी अपराध संहिता, २००४ को दफा १२६, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र प्रचलित कानून बमोजिम कारबाही हुनेछ ।


क्लिकमान्डु