बालेन शाहको योजनाः काठमाडौंको जैविक फोहोरलाई मल बनाएर मलको हाहाकार कम गराउने



काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले काठमाडौंमा उत्पादन भएका कुहिने फोहोरलाई मल बनाएर मलको हाहाकारलाई कम सकिने योजना सार्वजनिक गरेका छन् ।

यसका लागि महानगरपालिका क्रियाशील रहेको जानकारी गराएका छन् । प्रमुख शाहले जैविक फोहोरबाट मल बनाउने महानगरको सफलता र असफलताले देशभर नै उल्लेख्य फरक पार्नेमा आफू सचेत रहेको बताए ।

‘काठमाडौंमा वस्ती बस्नु, सम्पदाको सहर वा राजधानी बन्नुमा यहाँको उर्बरता र उब्जनीको ठुलो भूमिका छ । उर्बर माटोलाई खेती गर्न योग्य बनाउन माटोमा रगत र पसिना बगाउने किसानहरुको विशेष भुमिका छ’ उनले भने ‘हो, अहिले हाम्रा प्राथमिकताहरु झाँगिदै जाँदा यहाँका किसानहरुका मुद्दा कमजोर हुँदै गएका होलान वा कृषि नै सीमान्तकृत हुँदै गएको होला ।तर, हामीलाई जसले यहाँ ल्याइपु¥यायो, उसैलाई बिर्सन हुँदैन ।’

प्रमुख शाहले, कृषि क्षेत्र र अन्न उत्पादन गर्ने किसानप्रति आभारी र जिम्मेवार हुनै पर्ने बताए ।


क्लिकमान्डु