भन्सार एजेन्टको परीक्षामा ६६० जना उत्तीर्ण (नतिजासहित)




काठमाडौं । भन्सार एजेन्टको परीक्षामा ६६० जना परीक्षार्थी उत्तीर्ण भएका छन् । भन्सार विभागले सूचना प्रकाशित गर्दै ६६० जना उत्तीर्ण भएको जनाएको हो ।

विभागअनुसार लिखित परिक्षाबाट अन्तवार्ताको लागि ८६० जना उम्मेदवार छनौट भएकोमध्ये लोक सेवा आयोगको समन्वयमा सञ्चालन भएको अन्तवार्तामा ८५७ जना सहभागी भएका थिए ।

उक्त सहभागी भएका परीक्षार्थीले लिखित परीक्षामा प्राप्त गरेको प्राप्ताङ्क र अन्तवार्तामा प्राप्त गरेको औसत अंकको आधारमा भन्सार एजेन्टको उम्मेदवार छनौट गरेको विभागले जनाएको छ ।


क्लिकमान्डु