इसेवाबाट मनकामना केबलकारको टिकट काट्दा हिराको हार पाउने सम्भावना



काठमाडौं । इसेवाबाट मनकामना केबुलकारको टिकट काट्दा हिराको हार उपहार सकिने भएको छ ।

योजना अन्तर्र्गत मनकामना केबलकारको टिकट काट्दा एकजनाले हिराको हार, एक नाले आइफोन १३, एकजनाले स्मार्ट टीभी र एकजनाले वासिङ्ग मेसिन जित्न सकिन्न छन् ।

साउन ३१ गतेसम्म सञ्चालन हुने यस योजनामा विजेता ४ जनाले आफूले रोजेको पुरस्कार प्राप्त गर्न सक्नेछन् ।

विजेताहरु गोलाप्रथा मार्फत चयन गरिनेछ । यस योजनामा इसेवामार्फत् मनकामना केबलकारको टिकट खरिद गर्ने व्यक्ति सहभागी हुनेछन् । यस योजनामा सहभागी हुन इसेवामा भेरिफाइ (प्रमाणित ) भएको हुनुपर्नेछ ।

अनलाइनमार्फत् कारोबारमा प्रोत्साहन गर्नका लागि इसेवाले विभिन्न समयमा यस किसिमका कार्यक्रम सार्बजनिक गर्दै आएको छ ।


क्लिकमान्डु