प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद पुनर्गठन, यी हुन् नयाँ मन्त्रीहरु



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । प्रधानमन्त्री देउवाले माओवादी केन्द्र र कांग्रेसबाट बनेका मन्त्रीहरुलाई यथावत राख्दै एकीकृत समाजवादीका मन्त्रीहरु परिवर्तन गरेका हुन् ।

जसअनुसार सस्कृति तथा पर्यटन मन्त्रीमा जीवनराम श्रेष्ठलाई नियुक्त गरेका छन् । यसअघि पर्यटनमन्त्रीमा प्रेम आले थिए । आलेले मन्त्रीपदबाट राजीनामा दिएर आइतबार साँझ मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी करिब ९ महिने कार्यकालको प्रगति विवरण सार्वजनिक गरेका थिए ।

त्यसैगरी सहरी विकास मन्त्री रामकुमारी झाक्रीले राजीनामा दिएपछि उक्त मन्त्रालयमा मेटमणी चौधरी नियुक्त भएका छन् ।

साथै, स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको स्थानमा भवानीप्रसाद खापुङ नियुक्त भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा किसान श्रेष्ठले राजीनामा दिएपछि शेरबहादुर कुँवर नियुक्त भएका छन् ।

प्रधानमन्त्री देउवाले स्वास्थ्य राज्यमन्त्रीमा हिराचन्द्र केसीलाई नियुक्त गरेका छन् ।


क्लिकमान्डु