वायुसेवा सञ्चालक संघको मागः हवाई इन्धनको मूल्य पनि घटाइयोस्



काठमाडौं । वायुसेवा सञ्चालक संघले हवाई इन्धनको मूल्य घटाउन माग गरेको छ ।

नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ र डिजलमा प्रतिलिटर २९ रुपैयाँले घटाएपछि आन्तरिकतर्फको हवाई इन्धनको मूल्य पनि घटाउन माग गरिएको छ ।

संघले हवाई इन्धनको खुद्रा मूल्यमा सरकारी राजस्व घटाएर आयाल निगमले १० रुपैयाँभन्दा बढी मुनाफा नहुने गरी मूल्य समायोजना गर्नुपर्ने माग गरेको छ ।

‘हवाई सञ्चालन खर्चको ४ण् प्रतिशत हिस्सा हवाई इन्धनको हुने गरेको छ । कोरोनाको मारमा परेका वायुसेवा उद्योगलाई पुनः स्थापित गर्न भारत, चीन लगायतका विभिन्न मुलुकहरुले हवाई इन्धनमो ५० प्रतिशतसम्म अनुदान दिने व्यवस्था गरेका छन् । नेपालमा पनि हवाई तथा पर्यटन उद्योगलाई धराशायी हुनबाट बचाउन हवाई इन्धनको अस्वभाविक मूल्यलाई विश्व बजारका मूल्यसँग समायोजना हुनु जरुरी छ,’ संघले जारी विज्ञप्तिमा भनेको छ ।


क्लिकमान्डु