कोषले अवकास कोषमा सहभागीलाई बचत रकममा १.५% थप प्रतिफल दिने



काठमाडौं । नागरिक लगानी कोषले कोषका कर्मचारी बचत बृद्धि स्वीकृत अवकास कोषमा सहभागीहरुलाई बचत रकममा १.५ प्रतिशत थप प्रतिफल प्रदान दिने भएको छ ।

कोषले कर्मचारी बचत बृद्धि स्वीकृत अवकाश कोष कार्यक्रमका करिब २ लाख ९८ हजार सहभागीलाई कोषको आर्थिक बर्ष २०७७/७८ सम्मको मुनाफाबाट १.५ प्रतिशत थप प्रतिफल दिने भएको छ । कोष संचालक समितिको असार ११ गते बसेको बैठकले उक्त निर्णय गरेको हो ।

२०७८ असार मसान्तसम्मको बचत रकममा संचित मुनाफाबाट १.५ प्रतिशतका दरले थप प्रतिफल दिँदा सहभागीहरुको खातामा १ अर्ब ७४ करोड रुपैयाँ जम्मा हुनेछ । प्रतिफलबाट प्राप्त रकम कोषमा रहेको सहभागीहरुको खातामा जम्मा गर्ने व्यवस्था कोषले गरिसकेको जारी विज्ञप्तिमा उल्लेख छ ।


क्लिकमान्डु