पेट्रोलियम पदार्थमा लाग्ने कर ५०% ले घटाउन संसदीय समितिको निर्देशन



काठमाडौ । पेट्रोलियम पदार्थमा लाग्ने कर ५० प्रतिशतले घटाउन संसदीय समितिले निर्देशन दिएको छ ।

प्रतिनिधिसभा अन्तर्गतको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति अन्तर्गत गठन भएको उपसमितिले पेट्रोलियम पदार्थको मूल्यको कारण जनजीवन प्रभावित भएको भन्दै मूल्य घटाउन निर्देशन दिएको हो ।

उपसमितिले अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र निगमलाई लिखित निर्देशन दिदैं इन्धनको कर ५० प्रतिशत घटाउन भनेको छ ।
अहिले पेट्रोलियम पदार्थमा भन्सार,अन्तशुल्क,वातावरण,पूर्वाधार तथा भ्याट लगायतका कर लाग्ने गर्छ । सरकारले करको मुख्य स्रोतमा पेट्रोलियम पदार्थ समेत पर्छ ।


क्लिकमान्डु