वीरगन्ज महानगरपालिकाको बजेट ३ अर्ब ३३ करोड



वीरगन्ज । वीरगन्ज महानगरपालिकाले ३ अर्ब ३३ करोड रुपैयाँको बजेट ल्याएको छ । वीरगन्ज महानगरपालिका उपप्रमुख इम्तियाज आलमले ३ अर्ब ३३ करोड ३३ लाख रुपैयाँको बजेट ल्याएका हुन् ।

बजेटमा चालुतर्फ २ अर्ब ६ करोड तथा पुँजीगत तर्फ १ अर्ब २६ करोड रुपैयाँ बिनियोजन गरिएको छ ।

बजेट स्रोतमा राजस्वबाट ९५ करोड, संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान, राजस्व बाँडफाँट, समपूरक अनुदान, विशेष अनुदान र ससर्त अनुदान समेतबाट एक अर्ब ७० करोड ६२ लाख ५८ हजार, प्रदेश सरकारबाट ७ करोड ९८ लाख २४ हजार आउने अनुमान गरिएको छ ।

क्षेत्रीय सहरी विकास आयोजनाका लागि दातृ संस्था एसियाली विकास बैंकबाट १२ करोड ६१ लाख ८५ हजार, सडक बोर्ड नेपालबाट २ करोड, जिल्ला समन्वय समितिको कार्यालय पर्साबाट ९६ लाख, युनिसेफबाट २५ लाख रुपैयाँ आउने बजेटमा उल्लेख गरिएको छ ।


क्लिकमान्डु