बिओकेको घरदैलो कार्यक्रम सम्पन्न, बिओके सुपर मुद्दती खाता सार्वजनिक




काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले बैंकिङ्ग प्रदान गर्ने उद्देश्यले बैंकका गण्डकी प्रदेशअन्तर्गतका विभिन्न शाखा कार्यालयहरूले घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् ।

बैंकले हालै सार्वजनिक गरेको २ निक्षेप योजनाहरूको जानकारी मुलक तथा विभिन्न बैंकिङ्ग सेवाहरूको जानकारी प्रदान गर्ने उद्देश्यले संचालन गरीएको उक्त घरदैलो कार्यक्रममा बैंकका विभिन्न शाखा कार्यालयका कर्मचारीको सहभागिता रहेको थियो ।

बैंकले आकर्षक विशेषताहरु सहित ४ गुणासम्मको प्रतिफल भएको बिओके सुपर मुद्दती खाता सार्वजानिक गरेको थियो । उक्त ४ गुणासम्म प्रतिफल प्रदान गर्ने मुद्दती खातामा क्रेडिट कार्ड जारी शुल्कमा विशेष छुटको सुविधा, मौज्दात रकमको ९० प्रतिशतसम्म ऋणको सुबिधासहित २ लाख रुपैयाँसम्मको क्रेडिट कार्ड सुविधा रहेको छ ।

साथै, बिओके प्रिमियम प्लस बचत खातामा उच्चतम् ब्याजदर ८.०३ प्रतिशतको वार्षिक ब्याजदर सहित थुप्रै निशुल्क सेवाहरू समावेश गरी ग्राहकको फाइदालाई ध्यानमा राखी सार्वजनिक गरेको हो ।

बैंकको गण्डकी प्रदेश अन्तर्गतका बाग्लुङ, बेनी, दमौली, खैरेनीटार, पोखरा, सुदरबजार, पावरहाउस, बगर तथा वालिङ्ग लगायत शाखा कार्यालयहरुले आफ्नो नजिकको स्थानहरुमा घरदैलो कार्यक्रम गरि बैंकको नयाँ योजनाहरुको बारेमा जानकारी दिएका हुन ।

बैंक अफ काठमाण्डू लिमिटेडले १०३ शाखा कार्यालयहरु, ९७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ ।


क्लिकमान्डु